गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा

काठमाडौँ । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ ।
जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो ।
यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।
यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ ।
गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा शुरु भएको थियो ।
नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट श्री रविन्द्रन भाराथनले भने, “जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ ।
अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।
आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान श्री रवीचन्द्र सिंहले भने, “७४वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्र्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पु¥याउनेछ ।
जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया