सरकारको नीति तथा कार्यक्रम १० गते प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी जेठ १० गते मंगलबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी सरकारले तयारी थालेको छ ।
स्थानीय तह निर्वाचनका कारण सरकारले बजेट अधिवेशन जेठ ३ गतेबाट मात्र बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले जेठ ३ गते संघीय संसदको बजेट अधिवेशन आह्रवान गरेकी थिइन् ।
संसदमा अहिले विनियोजन विधेयक २०७९का सिद्धान्त र प्राथमिकता माथी छलफल जारी छ । त्यसपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।
गत वर्ष भने सरकारले नीति तथा कार्यक्रम प्रस्तुत नगरी अध्यादेशमार्फत बजेट ल्याएको थियो । गत वर्ष बैशाख अन्तिममा तत्कालिन प्रधानमन्त्री केपी ओलीको सत्ताआकाक्षाले राजनीति तरलतामा गएपछि राष्ट्रपतिले वहुमत जुटाई प्रधानमन्त्री बन्न गरेको आग्रहमा कसैको पनि बहुमत पुगेको आधार नदेखिएको भन्दै एमाले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । त्यसपछि ओलीले संसद विघटन गरेर दुई चरणमा संघीय चुनाव घोषणा गरेका थिए । संसद विघटन भएपछि ओली नेतृत्वको सरकारले त्यसपछि नीति तथा कार्यक्रम बिनै जेठ १५ मा अध्यादेशमार्फत पूर्ण आकारको बजेट ल्याएको थियो ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने सम्वैधानिक ब्यवस्था छ । त्यस अगाडी सरकारले आफनो प्राथमिकता क्षेत्र तय गदै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विधादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा आई प्रस्तुत गर्ने चलन छ ।
नीति तथा कार्यक्रममा ११ र १२ गते छलफल गराई पारित गर्ने र जेठ १२ वा १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारीमा सरकार छ ।
सदनमा अहिले वजेटका प्राथमिकता क्षेत्रका विषयमा छलफल शुरु भएको छ ।













पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया