जाजरकोटमा कुटपिटबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ ५ गते १२:३०

जाजरकोट । जुनिचाँदे गाउँपालिका ९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार मृत्यु भएको छ ।
रेशम बहादुर, सोही ठाउँ बस्ने विर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट रेशम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीले उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
बुधबार ९ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि गिरावट
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
प्रतिक्रिया