भृकुटीमण्डपस्थित जुत्ता चप्पल मेलामा बढ्यो चहलपहल

काठमाडौं । पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरु ग्राहकहरूको रोजाइमा पर्न थालेको छ । गत बैशाख १५ गतेदेखि भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रबर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड नै लाग्ने गरेको छ । स्थानीय तह निर्वाचनले केही दिन प्रभावित बनाएको व्यापार मेलामा चुनाव सकिए लगत्तै ग्राहकहरू बढ्न थालेका छन् ।
मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएको कारण नै आफूहरूलाई मन पर्ने बताए ।
नेपालमै सबै बर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ता चप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाई छ ।
सामान्य दिनमा दैनिक १५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख २५ हजारभन्दा बढी ग्राहकहरू आइसकेको फुटवयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए ।

चुनाब सकिएपछि ग्राहकहरु बढेको उनले बताए । नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आफ्नो उत्पादन बजारमा ल्याउँदै आइरहेको उक्त कम्पनीले मेलामा राम्रो बिजनेश गरेको बताए ।
लाँलीगुराँस फुटव्यरले क्रसरोड फुटवेयरलाई ब्राण्डिङ गर्दै आइरहेको छ । कम्पनीका प्रमुख कृष्ण फुँयालका अनुसार मेलामा सामान्य उपभोक्तादेखि सरकारी उच्च पदस्थ व्यक्ति, राजनैतिक दलका नेताहरू, उच्च ओहोदाका व्यक्तिहरूसमेत मेला अवलोकनका लागि आउनुले हौसला मिलेको बताउँछन् ।
चुनाव अगाडि व्यापारमा उच्च रूपमा बृद्धि भएपनि चुनावपछि बिक्रीमा केही कमि आएको र चुनावमा गएकाहरू शहर फर्किएसँगै व्यापार पुनः बढ्ने उनको अपेक्षा छ ।
कोशेली फुटवेयरका म्यानेजिङ डाइरेक्टर रविन श्रेष्ठले आफ्नो उत्पादनको ब्राण्डिङ, विज्ञापन, स्टक क्लियरिङका लागि आफ्नो कम्पनी मेलामा सहभागी भएको बताए ।
छालाको जुत्ता विभिन्न डिजाइन र मोडलमा बजारमा ल्याउँदै आइरहेको उक्त कम्पनीले मेलामार्फत छालाका स्कुल सुज, पार्टी सुज र सिजनल सुज उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो समय बजारमा विभिन्न नयाँ कम्पनीहरू आएका कारण बजारमा प्रतिस्पर्धा उच्च भएको उनको भनाई छ । चुनाव अगाडि व्यापारमा उच्च बृद्धि भएको र चुनावपछि व्यापार घटेको श्रेष्ठको अनुभव छ ।

रोयल फुटवेयरले दैनिक साढे २ लाख बराबरको कारोबार गर्दै आइरहेको सिनियर मार्केटिङ म्यानेजर बलकृष्ण घिमिरेले बताए । उनका अनुसार रोयल फुटवेयरले कम्पनी छुट अफर सहित ग्राहकलाई नेपाली जुत्ता चप्पल उपलब्ध गराउँदै आइरहेको छ ।
फुटवयर म्यानुफ्याक्चर्सर एशोसिएनस अफ नेपालको आयोजनामा सञ्चालित उक्त मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । १० देखि ७० प्रतिशतसम्म छुटमा विभिन्न डिजाइनका जुत्ता चप्पलहरू खरिद गर्न पाइनेछ । मेला जेठ ९ गते सोमबारसम्म चल्नेछ ।

















Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया