गृहमन्त्रीले अमेरिकी उपमन्त्रीलाई भने : सन् १९८९ भन्दाअघि नेपाल आएका तिब्बतीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिन्छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेका छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका थियो ।
गृहमन्त्री खाँणले भूकम्पछिको पुनः निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाईमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा गृहमन्त्री खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताए ।
उनले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानका लागि अमेरिकाले पुर्याएको योगदानको प्रशंसासमेत गरे । मन्त्री खाँणले मानव अधिकार प्रर्वद्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायका लागि उदाहरण बनेको बताए ।
त्यस्तै, नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासका लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद व्यक्त गरे । त्यस्तै सन् १९८९ भन्दाअघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाँणले उपमन्त्री जियालाई जानकारी गराइन् । त्यसका लागि उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन् ।
गृहमन्त्री खाँणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणका लागि अनुरोध गरे । उपमनत्री जियाले अनुरोधका लागि धन्यवाद व्यक्त गर्दै आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्कोपटक भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताइन् ।
अमेरिकी सहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन् । साथै अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि उनले दिए ।
भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सह्राना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेरअघि बढ्ने विषयमा छलफल भएको थियो ।
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया