शनिबार, पुष १९, २०८२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति पुग्यो ?

मेरोन्यूज २०७९ जेठ ८ गते २०:५९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।

बढेको मुल्य आज राति १२ बजेबाट लागु  हुने जनाइएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेर आएको छ । योसँगै पेट्रोलको नयाँ मूल्य १८०रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेको मूल्य १६३ रुपैयाँ पुगेको छ । नेपाल आयत निगमका यस्तै, मट्टीतेलको खरिद लागत १६३ पैसा पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर बढेर १६६रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्यसमेत वृद्धि भएको छ । जसअनुसार प्रतिसिलिण्डर २०० रुपैयाँले बढेर आएको निगमले जनाएको छ । अब ग्यासको मुल्य अब १८०० रुपैयाँ पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया