बलात्कारको आरोपमा पक्राउ परेका पाण्डेलाई ५ दिन हिरासतमा राख्न आदेश
मेरोन्यूज
२०७९ जेठ ९ गते १६:४१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मनोज पाण्डेलाई हिरासतमा राख्न आदेश दिएको छ । आठ वर्षअघिको बलात्कार घटनामा उनमाथि अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
गत शनिबार पक्राउ परेका पाण्डेलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो । सौन्दर्य प्रतियोगिता आयोजना गरी युवतीलाई बलात्कार गरेको आरोप उनी पक्राउ परेका हुन् ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी छन् ।
सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दै पाण्डेले युवतीलाई काठमाडौंको एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
सम्बन्धित
















आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया