महालक्ष्मी बैंक मनायो २८ औँ वार्षिकोत्सव
मेरोन्यूज
२०७९ जेठ ९ गते २१:३०

काठमाडौँ । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशभर रहेका १०३ शाखाबाट सेवा दिँदै आएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सबै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवन दान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता केही मात्रामा पूरा गर्न ३३ वटा शाखाबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिँदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
सम्बन्धित













निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया