मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

काठमाडौँ । अखिल नेपाल किसान महासंघले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष बलराम बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले जनताको महँगीको मारमा परेको बताए ।
उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिले बहुसंख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउन धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कम गर्न तथा तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन माग गरिएको छ ।
महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर ६३, खाना पकाउने ग्यासमा ३२७, तथा अन्य वस्तुमा ठूलो मात्रामा कर उठाएकाले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।
कोरोनाले थलिएका जनता मुद्रास्फिति, चर्को ब्याजदार, खाने तेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावले लगानीका क्षेत्र संकुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक संकट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ ।













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया