अब भायानेटका ग्राहकले महिनामा ९९९ मा २०० एमबीपीएस इन्टरनेट पाउँने

काठमान्डौं । भायानेटका ग्राहकहरूले महिनामा ९९९ मा २०० एमबीपीएस इन्टरनेट पाउँने भएका छन् । भायानेट कम्युनिकेसन प्रा. लि. आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएका हुन् । १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्न भायानेट कम्युनिकेसन प्रा. लि. जनाएको छ । योजनाहरूमा मात्र रु. ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ ।
यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी
सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः १२५० प्रति
महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।
कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ ।















नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
तेल सङ्कटले एसियामा तनाव
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया