टेक्सास गोलीकाण्ड: गोली प्रहार गर्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा लेखेका थिए
मेरोन्यूज
२०७९ जेठ १२ गते ९:२०
न्युयोर्क । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ ।
उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय ती सन्दिग्धले लेखेका विषय सीमित व्यक्तिले हेर्न सक्नेगरी पोस्ट गरिएको थियो ।
टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना विद्यार्थी र दुईजना शिक्षकलाई अन्धाधुन्ध गोली हान्नुअघि उनले फेसबुकमा तीन वटा चेतावनी पोस्ट गरेका थिए।
सुरुमा आफ्नी हजुरआमालाई गोली प्रहार गरेर विद्यालयमा आक्रमण गर्ने उनले चेतावनी दिएका थिए । उनी आक्रमणका लागि विद्यालय पुग्नु १५ मिनेटअघि मात्रै त्यस्तो सन्देश पोस्ट गरेका थिए ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया