शुक्रबार, मंसिर १२, २०८२

आफ्नो चरित्र हत्या गरेको भन्दै थापाको उजुरी

मेरोन्यूज २०७९ जेठ १२ गते १६:५६

काठमाडौं । अखिल नेपाल फुटलब संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई उजुरी दिएका छन् । उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको उजुरी दिएका हुन् ।

बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् । आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै उनले उजुरी दिएका हुन् ।

थापाले आफूविरुद्ध लगाइएको झुटा र काल्पनिक आरोपको विषयमा छानबिन हुनु पर्ने र सत्य तथ्य बाहिर सार्वजनिक गर्नु पर्ने बताए ।

यसअघि थापाले ललितपुरको एक रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफूलाई लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए ।

त्यसलगत्तै फिफाले थापालाई चेतावनी पत्र पठाएको एन्फाले बताएको थियो । तर, थापाले भने आफूलाई चेतावनी पत्र नआएको बताए ।

प्रतिक्रिया