विद्युतीय कारदेखि मदिरासम्म महँगियो (के-के मा बढ्यो मूल्य ?)
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । नीजि क्षेत्रले बजेटमा आफुहरुको माग सम्वोधन भएको भन्दै स्वागत गरेको छ । कार्यान्वयन पक्ष हेर्ने उनीहरुको पारम्भिक प्रतिक्रिया छ ।
विपक्षी दल नेकपा एमालेले वजेटमा अलमलाउनका लागि मात्र आएको र यो चुनावमा मत तान्ने र जनता भूलभुलैयामा राख्ने गरी आएकोले यसको अर्थ नरहेको धारणा सार्वजनिक गरिरहेको छ ।
बजेट आएसागै के बढ्यो, के घटयो भन्नेबाट पनि लेखाजोखा गर्ने गरिन्छ ।
के हुने भयो मह्ँगो ?
विद्युतीय सवारी साधनको कार महँगो हुने भएको छ। सरकारले विद्युतीय सवारी साधनको कर बढाएर महँगो बनाएको हो। चालु वर्षको बजेटमा विद्युतीय सवारीमा अन्तस्शुल्क लाग्दैन थियो। अब अन्तशुल्क लाग्ने भएको छ। १०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत अन्तस् शुल्क अव लाग्ने छ।
२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा ४५ प्रतिशत अन्तशुल्क लाग्ने भएको छ भने ३०० देखि माथिको गाडिमा ६० प्रतिशत अन्तस् शुल्क लाग्ने भएको छ।
सरकारले विद्युतीय गाडीको भन्सार शुल्क पनि बढाइ दिएको छ। चालु वर्षको बजेटमा १०० देखि २०० भन्दा कम किलोवाट क्षमताका गाडीमा १५ प्रतिशत लाग्दै आएको भन्सार शुल्क ३० प्रतिशत पुर्याइदिएको छ।
२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा भन्सार ३० प्रतिशत लाग्दै आएकोमा अब ४५ प्रतिशत पुगेको छ। ३०० भन्दा माथि किलोवाट भएका गाडीमा ४० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब ६० प्रतिशत लाग्ने भएको छ। यसले विद्युतीय सवारी साधनको कार महँगो हुने भएको छ ।
मदिराजन्य उत्पादनहरु महँगिने भएको छ। सरकारले बियर र मदिरा उत्पादनमा प्रयोग हुने स्पिरिटको कर आर्थिक वर्ष २०७९र८० को बजेटबाट वृद्धि गरेको छ। यससँगै नेपालमा उत्पादन हुने मदिरा महँगिने देखिएको हो।
जौबाट बनेको बियरमा यसअघि प्रतिलिटर १९८ प्रतिलिटर रहेको कर बढाएर २२८ रुपैयाँ पुर्याघएको छ। यस्तै, स्पिरिटमा प्रतिलिटर करिब १० रुपैयाँ कर बढेको छ। ७० युपीमाथिका मदिरामा भने कर बढाइएको छैन।
बियरमा बढाएको कर दरअनुसार ६५० एमएल बोटलको बियरको फ्याक्ट्री मूल्य साढे १९ रुपैयाँले बढ्ने भएको छ। यस्तै, स्पिरिट्स आयात गरेर मदिरा उत्पादन गर्ने उद्योगहरुको पनि उत्पादन लागत महँगिने भएको छ।
सरकारले इनर्जी ड्रिङ्सको कर पनि प्रतिलिटर १४ रुपैयाँले बढाएको छ। यसमा गत वर्ष ३६ रुपैयाँ प्रतिलिटर रहेको कर सरकारले ५० रुपैयाँ पुर्यायएको छ।
इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ । अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ ।
अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँलाई ३० रुपैयाँ बनाइएको छ ।
सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ । सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ ।
साथै अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रुपैयाँमा १० रुपैयाँले बढाएर ८० रुपैयाँ कायम गरिएको छ । साथै, वाइनमा पनि प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ बनाइएको छ ।
ह्विस्कीमा ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५९२ रुपैयाँबाट १ हजार ७५० रुपैयाँ बनाएको छ । साथै, ४२.८ प्रतिशत अल्कोहल भएको हकमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ बनाइएको छ । ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।
अन्य मदिराको हकमा १ हजार ५९२ रुपैयाँ भएकोमा १ हजार ७५० रुपैयाँ बनाइएको छ ।
ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १९८ रुपैयाँलाई बढाएर २२८ रुपैयाँ बनाइएको छ ।
३४।२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५५५ रुपैयाँ रहेकोमा अब ६१० रुपैयाँ बनाइएको छ । २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ बनाइएको छ ।
यस्तै, सरकारले इन्टरनेट र दूरसंचार सेवामा पनि कर घटाएको छ। दूरसंचार सेवा दस्तुरवापत यसअघि १३ प्रतिशत लिँदै आएको कर घटाएर १० प्रतिशत कायम गरेको छ।
जुवामा प्रयोग हुने तासको कर यसअघि पाँच प्रतिशतबाट बढाएर १० प्रतिशत पुरयाईएको छ।
महँगा मोटरसाइकलको पनि भन्सार तथा अन्तःशुल्क बढाएको छ। सरकारले २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार तथा अन्तः शुल्क बढाएको हो।
विलासी वस्तु आयात नियन्त्रणका लागि मोटरसाइकलमा समेत कर बढाएको हो।
२५० सीसीसम्म पहिले ३० प्रतिशत रहेको भन्सार शुल्क अहिले ४० प्रतिशत पुगेको छ। यसैगरी अन्तःशुल्क ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ।
जसमा २५०-५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० र अन्तः शुल्क ८० बाट ९० प्रतिशत बनाइएको छ।
५ सय देखि ८ सय सीसीको हकमा पहिले भन्सार ३० प्रतिशत थियो। यसलाई बढाएर ८० प्रतिशत भन्सार बनाइएको छ। अन्तःशुल्क भने १०० नै यथवात राखिएको छ।
यसैगरी ८ सय सीसीभन्दा माथिको हकमा भन्सार पहिले ३० प्रतिशत थियो भने अब ८० प्रतिशत बनाइएको छ। साथै अन्तस्शुल्क भने यथावत नै छ।













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया