हत्या गरेको आरोपमा तीन जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ १६ गते १३:२३

मोरङ । कटहरी गाउँपालिका–२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका–१ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका–३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् ।
कटहरी गाउँपालिका–१ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया