पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार चलान

काठमाडौं । पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि जेलबाट छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान भएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै उनी पक्राउ परेर जेल पठाइएका हुन् ।
जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय पाए पनि सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि उनी २०७७ साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए ।
उनी अब २०९० मंसिर १२ सम्म कारागारमा बस्नुपर्ने भएको छ। पत्नी गीता ढकालको हत्या अभियोगमा २०६८ माघमा पक्राउ परेका कोइरालालाई काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । जिल्लाको फैसलालाई तत्कालिन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका कोइरालालाई तत्कालीन प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा साढे ८ वर्ष कैद बसे पुग्ने फैसला गरेको थियो ।
सर्वोच्चको उक्त फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो । त्यही निवेदनमाथि फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले बिहीबार कोइरालाको जन्मकैदको सजाय घटाउने यसअघिको फैसला उल्ट्याएको थियो ।
















यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया