मेषलाई धनलाभ योग, तपाईको राशिफल कस्तो ?

काठमाडौं । आजको मिति १७ जेठ २०७९, मंगलबार । मे महिनाको ३१ तारिक २०२२ । वैशाखशुक्लपक्ष प्रतिपदा तिथि, दशहरास्नान शुरु, गोसाइकुण्डस्नान प्रारम्भ हुने दिन । रोहिणी नक्षत्र, घृति योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः ०९ मा हुनेछ भने सूर्यास्त ६ः५५ मा हुनेछ । मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । व्यापार ब्यबसायबाट पनि अर्थ लाभ हुनेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।
वृष
आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन तपाईको आम्दानीको स्रोत बढ्ने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन
मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ रहेको छ । ब्यापार ब्याबसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाइँले गर्ने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।
कर्कट
आज तपाईले आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।
सिंह
सिंह राशिका जातकहरुले आजको दिन मौन रहनु हित हुनेछ । घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ । आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ ।
कन्या
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ ।
तुला
आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।
वृश्चिक
ब्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्य योजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।
धनु
तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ ।
मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।
कुम्भ
तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्यजीवनमा खुसियाली छाउनेछ ।
मीन
विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया