बिहीबार, वैशाख १०, २०८३

पत्रकार महासंघ यूकेको विवाद टुङ्गियो

मेरोन्यूज २०७९ जेठ १७ गते १०:१८

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको गत जुन महिनामा सम्पन्‍न पाँचौ‌ महाधिवेशनपछि शाखामा देखिएका असन्तुष्टिलाई समेट्दै एक सहमति पत्रमा हस्ताक्षर भएको छ। शाखाका महासचिव नरेन्द्र बस्‍नेतका अनुसार लामो छलफलपछि असन्तुष्ट पक्षका मागहरूलाई सम्बोधन गर्दै चाार बुँदे सहमति भएको छ ।
सहमतिअनुसार शाखाको सल्लाहकारमा निवर्तमान महासचिव सञ्‍जयभक्त कँडेल, निवर्तमान सचिव डा। जगन कार्की, एभ्रेष्ट गौतम, बिमला लिम्बू र कर्मा पहाडी शेर्पालाई मनोनय गरिने छ र सदस्यता नभएकाहरूको हकमा शाखाले प्रक्रिया पूरा गरेर सदस्यता प्रदान गर्नेछ ।
शाखा अध्यक्ष ध्रुवराज अर्याल र समानन्तर समितिका अध्यक्ष विपिन निरौला नेतृत्वको समितिबीचको मतभेद अन्त्य गरी सहमतिमा अगाडि बढ्ने, अर्याल नेतृत्वकोसमितिलाई एकताबद्ध भएर रूपमा सहयोग गर्ने र निरौला नेतृत्वको समितिका सबै गतिविधि बन्द गर्ने पनि सहमति भएको छ ।सहमतिअनुसार निरौला शाखाको पूर्वअध्यक्षको मर्यादा क्रममा रहनेछन् ।
शाखालाई अझ सुदृढ बनाउन शाखामा एक संरक्षकमण्डल रहनेछ । संरक्षकमण्डलमा नवीन पोखरेल, चिरन शर्मा, नरेशखपांगी, विपिन निरौला, भगिरथ योगी, श्याम लुइँटेल र बिमला सेने रहनेछन् ।

Advertisement
NiccNicc

शाखाका नवनियुक्त संरक्षक निरौलाले लामो समय विवाद गरेर बस्‍नुभन्दा एकता कायम गर्न उचित हुने भन्दै पछिल्लो सहमति गरिएको बताए ।

उनले शाखासँग भएका पछिल्लो सहमतिलाई पूर्णरूपमा कार्यान्वयनमा जोड दिएका छन् । सहमतिले बेलायतमा रहेका सबै पत्रकारलाई समेटेर शाखा एक साझा संस्थाको रूपमा स्थापित हुनेमा विश्‍वस्त रहेको बताए ।

सहमतिअनुसार शाखालाई छाता संस्थाका लागि स्थापित गर्न शाखामा नयाँ सदस्यता तत्काल खुल्ला गर्ने र निरौलाको सिफारिसमा कम्तिमा सक्रिय पत्रकारिता गरिरहेका ६ जनालाई शाखाको नियम अनुरुप सदस्यता दिइने छ ।

पछिल्लो सहमतिका लागि सहजकर्ताको रूपमा पूर्वअध्यक्ष चिरन शर्मा, पूर्ववरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल र महासचिव बस्‍नेतलगायतले भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया