गोरखाका कुन स्थानीय तहलाई कति बजेट ?

गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ । जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले रु ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ ।
त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि रु ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले रु ४० करोड ४८ लाख बजेट प्राप्त गरको छ । जिल्लाको गण्डकी गाउँपालिकाले रु ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ ।
जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ । त्यस्तै धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले रु ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई रु ४० करोड ३० लाख छुट्याइएको छ ।
जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल रु तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया