श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालकाे तयारी

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ ।
कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २-० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २-२ को बराबरी गर्न सफल भएको थियो । ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ ।
नेपालले अभ्यास दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ ।
हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले अभ्यासको लागि तयारी भइरहे पनि पक्का नभइसकेको जानकारी दिए।
‘दोहामा रहेको टिमले अभ्यासको लागि कुराकानी गरिरहेको छ । तर, पक्का भइसकेको छैन ।’ उनले भने, ‘एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम कुवेत पुग्नेछ । समूह ‘बी’मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठ इन्डोनेसियासँग खेल्नेछ । श्रीलंकासँगको खेलको मिति भने तय भएको छैन ।’















नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया