गुड ब्रिक्स प्रणालीको विस्तार गर्न एनएमबी बैंक र इन्नोसियसआरबीच साझेदारी
काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी इन्नोसियसआर र एनएमबी बैंकले नेपालमा गुड ब्रिक्स सिस्टम ९जीबीएस०लाई प्रवर्दधन गर्न साझेदारीको घोषणा गरेको छ । गुड ब्रिक्स सिस्टम इन्नोसियसआर ुस्टेबिलाइजरु प्रयोग गरी नपोलिएको इँट्टा उत्पादन गर्ने प्रविधि हो ।
एक कार्यक्रमका बीच एनएमबी बैंकका प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र इन्नोसियसआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० साम युन सुक लीले हस्ताक्षर गरे ।
एनएमबी बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थालगायतका विभिन्न स्रोतबाट गुड ब्रिक्स सिस्टमसम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्ने छ । बैंकले इँट्टा भट्ठा मालिकलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणद्वारा वित्तीय सहयोग उपलब्ध गराउने छ ।
इन्नोसियसआरद्वारा विकसित गुड सोइल स्टेबिलाइजर एक विशेष रसायन हो । जसले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने इँट्टाका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्टबीच बाइन्डिङ गर्न सक्षम बनाउँछ । गुड ब्रिक्स सिस्टमले सोइल स्टेबिलाइजर प्रयोग गरी इँट्टा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँट्टा उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ । जसले कोइला प्रयोग नगरी गुणस्तरीय इँट्टा प्रदान गर्दछ ।
इन्नोसियसआरका सीईओ साम युनसुकलीका अनुसार गुड ब्रिक्स सिस्टम नेपालमा दिगो र नाफामुखी बन्नका लागि इँट्टा मालिकका लागि एकमात्र समाधान बनिरहेको छ । तसर्थ, गुड ब्रिक्स सिस्टमले इँट्टा उद्योगका कठिनाइलाई सम्बोधन नगरी अरु विभिन्न फाइदा पनि ल्याइ रहेको छ । यसले उत्पादकई थप राजस्व, गुणस्तरीय र वातावरण मैत्री इँट्टा प्रदान गर्दछ ।













चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
प्रतिक्रिया