सङ्घीय सरकारको तीन अर्ब बढी बजेट लम्जुङका स्थानीय तहलाई

लमजुङ । आगामी आर्थिक वर्ष २०७९÷०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड ६० लाख रूपैयाँ र चार गाउँपालिकाका लागि एक अर्ब ३१ करोड ८३ लाख रूपैयाँ विनियोजन भएको छ ।
चालु आर्थिक वर्ष ०७८/०७९ का लागि जिल्लाका आठ स्थानीय तहलाई दुई अर्ब ८४ करोड ६७ लाख विनियोजन भएको थियो ।
तर, सङ्घीय सरकारले चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ३२ करोड ७६ लाख बढी बजेट विनियोजन गरेको हो ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये सर्वाधिक सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले सबैभन्दा धेरै ४८ करोड १५ लाख बजेट पाउने भएको छ ।
बेसीशहरले चालु आर्थिक वर्षमा ४६ करोड ३५ लाख बजेट पाएको थियो ।
जिल्लाको राइनास नगरपालिकाले भने ४७ करोड ५० लाख रूपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा राइनासले ३८ करोड ५९ लाख रुपैयाँ बजेट पाएको थियो ।
मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख रुपैयाँ, सुन्दरबजार नगरपालिकाले ४३ करोड ५० लाख, दोर्दी दोर्दी गाउँपालिकाले ४३ करोड ६९ लाख, मस्र्याङ्दी
गाउँपालिकाले ३७ करोड ३२ लाख र दूधपोखरी गाउँपालिकाले २५ करोड ५३ लाख रूपैयाँ बजेट पाउने भएको छ ।
आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा कम बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । क्होलासोथारका लागि २५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया