राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा
मेरोन्यूज
२०७९ जेठ १८ गते ११:१९

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुराको बडीमालिकामा पूजा आराधना गरेकी छिन् । बाजुरा जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । त्यही प्रचलनका आधारमा राष्ट्रपतिले पनि गंगा दशहराको वेला पारी वुधबार विहान पुजा आराधना गरेकी हुन् ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किसकेकी छिन् । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले त्यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित
















यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
प्रतिक्रिया