राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि धुलिखेलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि काभ्रेको धुलिखेलमा बस्दै छ । बैठक भोलिसम्म हुनेछ ।
मिराबल रिसोर्टमा बस्न लागेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी दुई तहको निर्वाचनको रणनीतिक तयारीबारे पनि छलफल हुने भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्षता गर्ने बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्द, पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू पनि सहभागी हुने प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।
राप्रपा यस पटक झापाको दमक नगरपालिकामा बाहेक अन्य स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचनमा गएको थियो । एक्लै जाँदा पनि झापाकै हल्दिबारी गाउँपालिका, काठमाडौंको शंकरापुर नगरपालिकासँगै रुपन्देहीमा शिवराज नगरपालिका राप्रपाले जितेको छ ।
चार स्थानीय तह जिते पनि राप्रपाले जनलहर पार्टीको पक्षमा आएको निर्वाचनअघि दाबी गरिसकेको छ । तर, भोलिसम्म हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकको निष्कर्ष के हुन्छ रु कुर्नुपर्ने भएको छ ।
निर्वाचनअघि राप्रपाबाट एक जना पूर्वअध्यक्ष कमल थापा भने अलग भएका छन् । उनी हाल राप्रपामा नेपालका अध्यक्ष छन् ।
उनी अलग भए पनि पार्टीको गत मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ठूलो टिम र पूर्व दुई अध्यक्षसँगै एक जना पूर्वप्रधानमन्त्री चन्द पनि राप्रपामै छ
















विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी
अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया