शौचालय निर्माण गर्ने भन्दै २९ लाख बढी रकम ‘झ्वाम’ पार्ने प्रधानाध्यापक विरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पर्सा जिल्ला श्रीपुर मुर्ली स्थित नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण गर्ने भन्दै जिल्ला शिक्षा कार्यालयबाट २९ लाख ५० हजार रुपियाँ निकासा गरी विनियोजित रकम सम्बन्धित शीर्षकमा खर्च नगरी आफुखुशी खर्च गरेको अख्तियारले ठहर गरेको छ ।
अख्तियारका अनुसार प्रधानाध्यापक श्रेष्ठले २०६७/०६८ सालको साउन, भदौ र असोज तथा दशैं खर्च बापतको समेत ९२ हजार ३७८ रुपियाँ दोहोरो तलब लिएको उल्लेख गरेको छ ।
दायर आरोपपत्रमा प्रधानाध्यापक श्रेष्ठले विद्यालयका लेखा हेर्ने कर्मचारी राकेशमान श्रेष्ठको समेत मिलेमतोमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्ट्राचार गरेको भन्दै प्रधानाध्यापक श्रेष्ठ र कर्मचारी राकेशमानलाई कानुन बमोजिम कैद र बिगो असुलउपर गरी पाउनसमेत मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया