नक्कली बिल बनाई १३ लाख बढी भष्ट्राचार गर्ने सिस नेपालका अध्यक्षसहित २ जना विरुद्ध आरोपपत्र दायर
मेरोन्यूज
२०७९ जेठ १८ गते १८:५२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल)का अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
ओम प्रकाश र यामलालले सुर्खेतको कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई १३ लाख ३७ हजार २० रुपियाँ रकम लिएको ठहर गर्दै आरोपपत्र दायर गरेको हो ।
अख्तियारले दायर गरेको आरोपपत्रमा घिमिरेद्वयलाई भष्ट्राचार निवारण ऐन २०४९ बमोजिम कैद र बिगो असुलउपर गर्न मागदावी पनि गरिएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया