बिहीबार, माघ ८, २०८२

नक्कली बिल बनाई १३ लाख बढी भष्ट्राचार गर्ने सिस नेपालका अध्यक्षसहित २ जना विरुद्ध आरोपपत्र दायर

मेरोन्यूज २०७९ जेठ १८ गते १८:५२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल)का अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

ओम प्रकाश र यामलालले सुर्खेतको कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई १३ लाख ३७ हजार २० रुपियाँ रकम लिएको ठहर गर्दै आरोपपत्र दायर गरेको हो ।

अख्तियारले दायर गरेको आरोपपत्रमा घिमिरेद्वयलाई भष्ट्राचार निवारण ऐन २०४९ बमोजिम कैद र बिगो असुलउपर गर्न मागदावी पनि गरिएको छ ।

प्रतिक्रिया