बिहीबार, माघ ८, २०८२

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

मेरोन्यूज २०७९ जेठ २० गते ९:१८
File Photo

डडेल्धुरा । डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।

गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ । 

प्रतिक्रिया