विश्व वातावरण दिवसको अवसरमा माटो जोगाऔँ सम्वाद ‘माटो र म’ हुँदै

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा ५ जुन २०२२ को दिन प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रमको आयोजना हुँदैछ ।
यस कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेस हमाल (वरिष्ठ कालाकार), भवानी राणा (व्यवसायिक व्यक्तित्व, निवर्तमान अध्यक्ष नेपाल उद्दयोग वाणिज्य महासंघ) र डा. गोविन्द प्रसाद शर्मा (कृषि विभागमा कृषि तथा पशुन्छी विकास मन्त्रालयका सचिव) छन् । यो कार्यक्रमको सहजिकरण अनिल शाह (बैङ्कर) ले गर्दै छन् ।
वक्ताहरुले विशेष गरेर माटोको महत्व, अहिलेको माटोको अवस्था, माटो जोगाउन गर्न सकिने प्रयास र अभ्यास आदी बारेमा संवाद गर्नेछन् । माटो सबै कुुराको आधार भएकोले र वर्तमान विश्वमा माटोको विनाश तिव्र रुपमा भइरहेकोले यो संवाद कार्यक्रमको आवश्यक्ता महसुस गरीएको हो ।
मरुभूमिकण सामना गर्न गठित संयुक्त राष्ट्रसंघको सम्मेलन युएनसिसिडीका अनुसार विश्वको ४० प्रतिशत माटो विनाश भइसकेको छ । विश्व खाद्य तथा कृषि सङ्गठन अनुसार विश्वको ५२ प्रतिशत खेती योग्य माटो नष्ट भइसकेको छ । संयुक्त राष्ट्र सङ्घले भनेअनुसार हामीसँग अबको केवल ६० वर्षको लागि माटो बचेको छ । यो महाविपत्तिको अवस्था हो । माटो विनाशका कारण खाद्य संकट, पानीको संकट, जलवायु परिवर्तन, जैविक विविधताको विनाश आदि हुने चेतावनि संयुक्त राष्ट्रसंघीय निकायहरुले दिइसकेका छन् ।
नेपाल कृषि प्रधान देश हो । यसकारण पनि माटो विनाश हाम्रो अर्थतन्त्र र जीविकोपार्जनको लागी ठूलो चुनौती हो । माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रमको उद्धेश्य सकेसम्म धेरै मानिसमा माटो विनाशबारे जनचेतना जगाइ नेतृत्व तहसम्म यो विषय पुगोस् र माटो सम्बन्धी प्रभावकारी राष्ट्रीय नीति बनोस् भन्ने हो । यो कार्यक्रम सदगुरुद्वारा सुरु गरीएको विश्वव्यापि माटो जोगाऔँ अभियानप्रति ऐक्यबद्धता हो । कार्यक्रममा सहभागी हुनको लागि तपाईं यहाँ निःशुल्क रेजिष्टर गर्न सक्नुहुनेछ ।
माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । सर्वप्रथम, यो जन–अभियान हो । यस अभियानले विश्वभरिबाट ३।५ अर्ब मानिसहरू (विश्वभरिका ६० प्रतिशत मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ ।
विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैर सरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबिच रहेको सम्बन्धलाई पुनस् स्थापित गर्न सकियोस् ।












Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
Two die on the spot in jeep accident
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया