सेयर बजार निरन्तर ओरालो, नेप्से २१ सयभन्दा तल पुग्यो

काठमाडौँ । नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१ सयभन्दा मुनी झरेको छ । नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक दुई हजार ७१ दशमलव ९४ अंकमा पुगेको हो ।
नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालो लागेको थियो । बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजार अन्तिममा नेप्से परिसूचक २० सय ७१ अंकमा पुगेर बन्द भएको छ । बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको छ ।
नेप्सेमा ३८ लाख ४८ हजार ५०८ कित्ताको सेयर खरिद बिक्री हुँदा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा शुक्रबार २२६ कम्पनी सेयर कारोबार हुँदा १९७ कम्पनीका लगानीकर्ता गुमाएका छन् । यस्तै, २० कम्पनीका सेयर धनीले नाफा कमाए ।
त्यस्तै, ९ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा दुई कम्पनीको बलेफी हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १५ रुपैयाँले बढेर १६८ रुपैयाँ पुगेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १५९ रुपैयाँ बढेर १७ सय ५७ रुपैयाँ पुगेको छ ।















सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
निर्वाचन आयोगमा बुझाए रविले चुनावि खर्च ९ लाख ८९ हजार भएको विवरण
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया