पाकिस्तान तालिबानद्धारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा
मेरोन्यूज
२०७९ जेठ २१ गते ८:५५

इस्लामाबाद । पाकिस्तााको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो ।
दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ ।
पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ ।
टीटीपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।
समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बीबीसीले जनाएको छ ।
सम्बन्धित















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया