खोटाङमा कुन पालिकामा कति बजेट पुग्यो ?

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०७९–८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।
जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरलाई ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकालाई २४ करोड २४ लाख बजेट छुट्याइएको हो । हलेसी तुवाचुङ नगरलाई ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकालाई ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकालाई २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकालाई ४३ करोड एक लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिकालाई २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई ३७ करोड ९२ लाख, साकेला गाउँपालिकालाई २५ करोड ६० लाख र रावाबेँसी गाउँपालिकालाई २८ करोड ७३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि छ लाख मात्र बजेट बढेर आएको छ । जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य साना–ठूला दर्जनौँ नयाँ योजनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने रावाबेँसी गाउँपालिका २ लामीडाँडास्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि यस वर्ष ९४ करोड बजेट विनियोजन भएको छ ।
मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गलाई यस वर्षको बजेटमा समावेश गरेको पाइएको छ । यस्तै दिक्तेल बजार भएर भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग तथा दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका जिल्ला जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग कालोपत्रको काम भइरहेको छ ।
संघीय सरकारअन्तर्गत विभिन्न मन्त्रालयबाट बजेट विनियोजन भएर जिल्लामा सञ्चालित क्रमागत योजनालाई भने यस वर्ष पनि निरन्तरता दिएको पाइएको छ । जिल्लामा सञ्चालित सडक, सडक पुल, खानेपानी, भवन निर्माण जस्ता साना–ठूला योजनालाई सरकारले यस वर्ष पनि निरन्तरता दिएको हो ।















यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया