२१ अर्ब ९ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्दै सरकार
मेरोन्यूज
२०७९ जेठ २२ गते १६:४२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
ट्रेजरी बिक्रीका लागि सार्वजनिक सूचना गरेको बैंकले सार्वजनिक बोलकबोलका आधारमा बिलको बाँडफाँड गर्ने जनाएको छ । यद्यपि, १५ प्रतिशत बिल बिना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ ।
सम्बन्धित














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया