लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुरु गर्दै
मेरोन्यूज
२०७९ जेठ २३ गते १७:४९

काठमाडौँ । ५० औँ विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा र डिजिटल बैंकिङ जस्ता सेवाको सम्मिश्रनले सो खाता पूर्ण रूपमा कागजविहीन रहेको छ ।
साथै यस खातामा ग्राहकले ८.०३% को उच्चतम ब्याजदरसहित ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्ने छन् । बैंकले ‘एक खाता, एक रुख’को प्रतिबद्धता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी सेभिङ खातावापत बैंकले एउटा रुख रोप्ने छ ।
यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धताअन्तर्गत बैंकले कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिपमा पनि सामेल भएको छ ।
सम्बन्धित














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया