चार दिनदेखि हराइएकी बालिकाको शव फेला
मेरोन्यूज
२०७९ जेठ २४ गते ११:३०

सुर्खेत । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका ५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् ।
चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए । बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सम्बन्धित
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया