बुधबार, फागुन २७, २०८२

अनिवार्य इम्बोस्ड निर्णयबाट पछि हट्यो विभाग

२०७८ मंसिर १ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

मेरोन्यूज २०७९ जेठ २४ गते १५:५०

काठमाडौँ । चौतर्फी आलोचना हुन थालेपछि र संसदमा पनि यसको चर्काे बिरोध शुरु भएपछि यातायात व्यवस्था विभाग अनिबार्य इम्बोस्ड निर्णयबाट पपछि हटेको छ । साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने यस अगाडी भिागले बताएको थियो । तर अव विभागले उक्त निर्णय अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज-जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।
हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

प्रतिक्रिया