मेयर बालेन शाहको समर्थनमा नबिल बैंकको १८ शाखाका शौचालय सार्वजनिक गरिने

काठमाडौँ । काठमाडौँ महानगर र नबिल बैंकबीच महानगरभित्र रहेका बैंक शाखाका शौचालयलाई सार्वजनिक रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगर र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो ।
उक्त सम्झौतामा महानगरको तर्फबाट महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा काठमाडौं महानगर क्षेत्रभित्र रहेको बैंकका १८ शाखाहरूका शौचालय निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ ।
सम्झौतापश्चात् नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयका रुपमा निःशुल्क प्रयोग गर्न दिने सम्झौता अन्त्य नभएर शुरुवात भएको बताए । उनले महानगरका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्घता जनाएको स्पष्ट पारे ।
काठमाडौं एक जना मेयरको मात्रै शहर नभएर सबै नगरबासीको शहर भएकाले काठमाडौंलाई सुन्दर बनाउन सक्ने शाहले बताए । उनले भने, ‘नबिलसँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढी रहन्छौं, नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौंको फोहोर मैला व्यवस्थापनमा सहकार्य गर्ने छौं ।’
त्यस्तै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले नागरिकको चेतनास्तर वृद्धि र सिकाइ अभ्यास गरेर अन्तर्राष्ट्रिय दाँजोमा पु¥याउन यस्तो योजना अगाडि बढाएको बताए । उनले नागरिकलाई आकस्मिक सेवा दिँदै सानो काम गरेर जनसर्मथन गर्न अभियान शुरु गरिएको धारणा राखेका थिए ।
काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउन होटल तथा अन्य संस्थालाई कार्यालयमा भएको शौचालय सार्वजनिक बनाउन आह्वान गरेको थियो । सोही निर्णय बमोजिम ऐक्यबद्धता जनाएको बैंकले बताएको छ । यो सम्झौता पाँच वर्ष अवधिका लागि हुने उल्लेख छ ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया