मुद्दा फैसला नहुँदासम्म हाजिर नहुने एआईजी पोखरेलको अडान
मेरोन्यूज
२०७९ जेठ २५ गते २०:११

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएपछि हाजिर नहुने अडान लिएका छन् । उनी आफ्नो बिदा स्वीकृत नभएको भन्दै खटाइएको स्थानमा हाजिर नहुने बताएका हुन् ।
एआईजी पोखरेलले कानुनी लडाईं पूरा नुहँदासम्म आफ्नो कार्यालयमा उपस्थित नहुने बताएका हुन् । उनले आफूलाई १० दिन बिदा चाहिने भन्दै आईजीपी धिरजप्रताप सिंहलाई पत्र पठाएका थिए । तर, आईजीपीले भर्खरै बिदा सकिएकाले पुनः बिदा नसक्ने भन्दै अस्वीकृत गरी हाजिर हुने पत्र पठाएका थिए ।
पोखरेलले हिजो मंगलबार मात्रै प्रहरी मुख्यालयमा पत्र पठाएर १० दिन बिदा माग गरेका थिए । यसअघि उनी एक महिने बिदामा बसेका थिए ।
खटाइएको स्थानमा हाजिर नभए एआईजी पोखरेलसँग स्पष्टीकरण सोधी विभागीय कारबाहीसम्म गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहन्छ ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया