मुद्दा फैसला नहुँदासम्म हाजिर नहुने एआईजी पोखरेलको अडान
मेरोन्यूज
२०७९ जेठ २५ गते २०:११

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएपछि हाजिर नहुने अडान लिएका छन् । उनी आफ्नो बिदा स्वीकृत नभएको भन्दै खटाइएको स्थानमा हाजिर नहुने बताएका हुन् ।
एआईजी पोखरेलले कानुनी लडाईं पूरा नुहँदासम्म आफ्नो कार्यालयमा उपस्थित नहुने बताएका हुन् । उनले आफूलाई १० दिन बिदा चाहिने भन्दै आईजीपी धिरजप्रताप सिंहलाई पत्र पठाएका थिए । तर, आईजीपीले भर्खरै बिदा सकिएकाले पुनः बिदा नसक्ने भन्दै अस्वीकृत गरी हाजिर हुने पत्र पठाएका थिए ।
पोखरेलले हिजो मंगलबार मात्रै प्रहरी मुख्यालयमा पत्र पठाएर १० दिन बिदा माग गरेका थिए । यसअघि उनी एक महिने बिदामा बसेका थिए ।
खटाइएको स्थानमा हाजिर नभए एआईजी पोखरेलसँग स्पष्टीकरण सोधी विभागीय कारबाहीसम्म गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहन्छ ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया