छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

काठमाडौं । बृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिबार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ । ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए ।
यस्तै, ग्रुपका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने बताए । उनले धेरै क्षेत्रका अनुभवी व्यक्तिको संलग्नताले ग्रुप मजबुत भएको बताए ।
ग्रुपका सञ्चालक शिवप्रसाद मानन्धरले हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर सुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरूमा लगानी गर्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रवी सिंह, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार विकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले ग्रुपको आवश्यकतमाथि चर्चा गरे ।
भक्तपुरका प्रतिष्ठित व्यापारीको सामूहिक प्रयासमा सुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रका स्थापित व्यवसायीलाई समावेश गरी ग्रुप बनाएको हो । ग्रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुरलगायत स्थानका करिब एक सय व्यवसायी सहभागी छन् ।


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया