मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा
मेरोन्यूज
२०७९ जेठ २९ गते १०:५०

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ ।
रारा राष्ट्रिय निकुञ्जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान कोटाका लागि भर्ना प्रक्रिया सुरु भएको हो ।
५० कोटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए । भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् ।
शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लोकसेवाले लिखित परीक्षा लिनेछ ।
परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
सम्बन्धित
















अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया