आईजीपी नियुक्ति विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा सोमबार ‘हेर्दाहर्दै’मा राखिएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको यो मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
रिट निवेदनक एआईजीपी विश्वराज पोखरेलको पक्षका अधिवक्ताले मंगलबार खाजा समयअघिसम्म बहसका लागि समय मागेका छन् । सर्वोच्च बारका अध्यक्षसमेत रहेका अधिवक्ता पूर्णमान शाक्यले भोलि खाजा समयसम्ममा बहस सक्ने इजलासमा बताएका छन् ।
सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी पोखरेलले प्रहरी नियमावली मिचेर सरकारले आईजीपी नियुक्ति गरेको भन्दै रिट दायर गरेका थिए ।
रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो । गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो ।
जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया