सीमामा रोकिएको ७५ टयाङ्कर र ४८ ग्यास बुलेट नेपाल भित्रियो

भैरहवा । शनिबारदेखि सीमामा रोकियो पेट्रोलियम पदार्थको ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएको छ । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको ट्यांकर म्यानुअल रुपमा कोड प्रविष्ट गरेपछि साझ सवा ७ बजे नेपाल आएका हुन् ।
भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सीमामा रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन । भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ । शुक्रबारदेखि लागु भएको नयाँ व्यवस्थाअनुसार कर्पोरेशनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको संचिति घटेको थियो ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअल रुपमा काम अगाडि बढाएसँगै रोकिएका ट्याकर नेपाल आएको कार्यालय प्रमुख नव विनोद पोखरेलले जानकारी दिए ।
कत्तकालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ । आइओसीले छिटै आफ्नो सिस्टम अपडेट गरेर अनलाइनमार्फत् आइसिई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्छ ।
भारतमा रोकिएको डिजल पेट्रोलको ७५ वटा ट्यांकर र ग्यासको ४८ वटा बुलेट नेपाल आएको छ । भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पुर्याई तत्कालै ट्याङकर गन्तव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए ।
‘आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्याङकर भन्सार गरेर पठाउँछ,’ उनले भने । नेपालमा आइओसीमार्फत् तेल आउने गर्छ ।
जसका लागि अनिवार्य रुपमा चालु रहेको खाताको पासवुकको फोटो र खाताबाहेकको बैंकले जारी गरेको प्रमाण पत्र चाहिन्छ । यी प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नु पर्छ ।
३ दिन तेल आयात रोकिँदा नेपालतर्फ अभाव हुन थालेको थियो । डिजलको भण्डारण क्षमताभन्दा पेट्रोलको कम भएकाले बजारमा पेट्रोलको अभाव सृजना भइसकेको थियो । भन्सारबाट आएको टयाङ्कर तत्कालै प्रदेशिक कार्यालयले सम्बन्धित पेट्रोल पम्पमा राति नै पठाउने व्यवस्था मिलाएको छ ।


















ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया