विक्रमको कमाई केमा खर्च गर्दैछन् कमल हासन ?

मुम्बई । दक्षिण भारतीय सुपरस्टर कमल हासनले आफूमा अझै पनि अभिनयको क्षमता कायमै छ भन्ने कुरा हालै रिलिज फिल्म ‘विक्रम’को सफलताबाट प्रमाणित गरिसकेका छन् । लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ ।
कमल फिल्मको सफलताले खुशी छन् । उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गरेका हुन् । फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ । यही विषयमा उनले मुख खोलेका छन् ।
‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु । यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन । अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन । मलाई कुनै विशेष उपनाम पनि चाहिएन । मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन् ।
फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’को सिक्वेल हो । यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए । यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन् । फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया