बिहीबार, माघ ८, २०८२

कारागारमा रहेका ‘गुण्डानाइके’ समीरमान बस्नेतलाई भेट्ने स्वयम्भुका डीएसपी मेट्रो तानिए

मेरोन्यूज २०७९ असार १ गते १६:४४

काठमाडौं । कारागामा रहेका गुण्डा नाईके समीरमान सिंह बस्नेतसँग भेट गरेपछि काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसी छानबिनमा तानिएका छन् ।

कारागारभित्र रहेका बस्नेतलाई भेट्न आइतबार डिएसपी केसी सुन्धारास्थित कारागार पुगेका थिए । बस्नेतलाई भेट्न कारागार गएको खुलेपछि उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको हो ।

छानबिन चलिरहँदा डिएसपी केसीलाई स्वयम्भूबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो)मा तानिएका हुन् । यद्यपी उनको स्थानमा स्वयम्भूमा अरू कसैलाई पठाइएको छैन ।

बस्नेत निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार हुन् ।

२०७४ असोज २३ गते साढे दुई करोड रुपैयाँ नदिएको भन्दै समीरमानकै निर्देशनमा काठमाडौंको शान्तिनगर, खरीबोटमा गौचनको गोली हानी हत्या गरिएको थियो । २०७४ मंसिर १७ गते समीरमान पक्राउ परेका थिए । हत्या अभियोगमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया