बिहीबार, माघ ८, २०८२

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागदाबी गर्दै यौन दुर्व्यवहारको मुद्दा दर्ता

मेरोन्यूज २०७९ असार १ गते १७:२२

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको प्रकरणमा मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार पाण्डेविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको हो । पाण्डेविरुद्ध मानव बचेबिखन तथा ओसारपसारको कसुरमा र बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो ।

मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागी (प्रतिस्पर्धी)लाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो। पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया