टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

काठमाडौँ । प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यो उत्पादनमा टाटा मोटरको डिजेल इञ्जिन जडान गरिएको छ ।
विभिन्न प्रयोजनका लागि उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो साथै कम खर्चिलो छ । २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।
‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौँ, टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्नेतर्फ कटिबद्ध
छ,’ टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाईअन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने ।
यसैगरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकको इच्छा र आवश्यकतालाई पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे ।
सीपीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्य क्षमता देखाउँछ । यसका विशेष प्रकारको इञ्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगका लागि अन्तर्राष्ट्रिय स्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता छ ।
निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त छ ।















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
प्रतिक्रिया