गृहमन्त्री खाणको निर्देशनपछि पहिरो गएको स्थानमा घाइतेको उद्धारका लागि पुग्यो हेलिकोप्टर

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि ताप्लेजुङ जिल्ला सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ ।
मन्त्री खाणले गृह प्रशासन, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको यथाशीघ्र उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका थिए ।
खाँणको निर्देशनपछि हेलिकोप्टर घटनास्थलमा पुगिसकेको ताप्लेजुङका प्रजिअ पोखरेलले बताए ।
उनका अनुसार पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नु पर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ । हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरू पुगिसकेको प्रजिअ पोखरेलले जानकारी दिए ।
पहिरोमा परि ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको प्रजिअ पोखरेलले बताए । गृहमन्त्री खाँणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् ।
उनले अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया