काभ्रेमा गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ३ गते १७:४०
काभ्रेपलाञ्चोक । जिल्लाको भुम्लु गाउँपालिका १० चाखोलामा बा ४ ख ४८८८ नम्बरको आइचर गाडी र प्रदेश ३-०२-००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया