४ वर्ष जागिर खाएर सवा ६ करोड भ्रष्टाचार गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सुब्बा सरहका कर्मचारीविरुद्ध ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । करिब ४ वर्ष मात्रै जागिर खाएका उनले ६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो ।
०७३ असोज २१ गते रा. प. अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सेवा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाश पाएका उनले ६ करोड २४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
आरोपी र उनको श्रीमतीसमेतको जम्मा आम्दानी र खर्चको हिसाब गर्दा २६ लाख ६१ हजार ६३६ रूपैयाँ मात्र आम्दानी गरेको देखिए पनि ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसाको स्रोत नखुलेकाले सो रकम बराबरको बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधिअघिको बचत)समेत गरी जम्मा रु २६,६१,६३६।०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय)तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु ६,५०,६५,६४२.५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु २६,६१,६३६.०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु ६,५०,६५,६४२.५३ घटाउँदा हुन आउने रु ६,२४,०४,००६.४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा‘आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया