शनिबार, माघ २४, २०८२

सुस्त मनस्थिति युवतीलाई सामूहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ

मेरोन्यूज २०७९ असार ४ गते १४:४८

दाङ । जिल्लाको एक सुस्त मनस्थिति युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहनगर ५ की २५ वर्षीया युवतीमाथि २ असार राति तुलसीपुर ९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर बि.क. र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

प्रतिक्रिया