सञ्चालन नहुँदै भत्कियो पक्की पुल
मेरोन्यूज
२०७९ असार ४ गते २०:१०
दाङ । जिल्लाको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका ७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो ।
पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्डअनुसार तारजाली नलगाइँदा बनाइका संरचना भत्किएको स्थानीयको भनाइ छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचना भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताएका छन् ।
केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन भएको छैन । २०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समयपहिले सम्पन्न भएको थियो ।
निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनःनिर्माण गरिएको थियो ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया