रेस्टुरेन्टमा आलियाको तस्बिरले हंगामा

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’ विश्वभरका दर्शकले मन पराए । फिल्मको सुरुवाती दृश्य होस् वा क्लाइमेक्स या कुनै अन्य दृश्य नै किन नहोस्, सबै दृश्यमा एक यौनकर्मीको संघर्ष देखाइएको थियो । फिल्ममा एक दृश्य छ, जहाँ गंगूबाई बनेकी आलियाले कोठी बाहिर ग्राहकलाई बोलाउँछिन् ।
यही दृश्यको तस्बिरले पाकिस्तानमा हंगामा भएको छ । पाकिस्तानको एक रेस्टुरेन्टले आफ्नो मार्केटिङका लागि आलियाले ग्राहक बोलाउँदै गरेको तस्बिर प्रयोग गरेपछि त्यसको तीव्र आलोचना भएको छ ।
‘आउन राजा–किन पर्खिरहेका छौ ? आउनु र सोमबार झुलनमा पुरुषका लागि दिइने मूल्यमा २५ प्रतिशत छुटको लाभ उठाउनु’, रेस्टुरेन्टले आफ्नो विज्ञापनमा लेखेको छ । रेस्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न नयाँ तरिका अपनाए पनि ‘गंगुबाई काठियावाडी’बाट आलियाको तस्बिर राखेकोमा सबैले आपत्ति जनाएका छन् ।
रेस्टुरेन्टको यो शैलीप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । ‘तपाईं विज्ञापनका लागि यति पीडादायक दृश्य कसरी प्रयोग गर्न सक्नुहुन्छ ?’ एक प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले ‘तपाईं मानिसहरूलाई किन गलत सन्देश दिनुहुन्छ ? यो निकै खराब बजार रणनीति हो’ भनी लेखेका छन् ।
आफ्नो मार्केटिङ नीतिप्रति तीव्र आलोचना भएपछि रेस्टुरेन्टले स्पष्टीकरण दिएको छ । उसले कराँचीमा प्रकाशित पत्रिकाको कटिङ सेयर गर्दै ‘यो एक अवधारणा मात्र हो । कसैको भावनामा आहत गर्नु हाम्रो उद्देश्य थिएन । यो फिल्म र यो पोस्ट एक कन्सेप्टमा आधारित छ । पहिलेको जस्तै हाम्रो रेस्टुरेन्ट सबैका लागि खुला छ र हामी त्यही प्रेमले सबैलाई सेवा दिन्छौं’ भनी लेखेको छ ।
















प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया